back

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

वि.सं.२०८२ असोज ६ सोमवार

207 

shares

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।

“मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ”, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले सरकारलाई आग्रह गरे ।

पछिल्ला दिनमा काठमाडौँ गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।

वि.सं.२०८२ असोज ६ सोमवार १५:२३ मा प्रकाशित

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन...

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ...

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं...

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

काठमाडौँ । शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक...

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...