back
CTIZAN AD

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

वि.सं.२०८२ फागुन ३० शनिवार

780 

shares

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ । कार्यक्रम काठमाडौँस्थित कौटिल्य ग्लोबल स्कूल मा सम्पन्न भएको हो ।

प्रतिष्ठानका सचिव मनिष कुमार शर्मा को सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका साहित्यकार तथा सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा २७ जना सर्जकले आफ्ना कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए । सहभागी सर्जकहरूले समाजका विविध पक्ष, मानवीय संवेदना, वर्तमान सामाजिक परिवेश तथा जीवनका अनुभूतिहरूलाई आफ्ना रचनामार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष टिएन भट्ट ले साहित्य समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । उनले साहित्यले समाजमा सकारात्मक चेतना फैलाउने र मानिसहरूलाई सोच्न तथा परिवर्तनतर्फ प्रेरित गर्ने भूमिका खेल्ने बताए ।

अध्यक्ष भट्टले प्रत्येक सर्जकले लेखनमार्फत समाजमा कुनै न कुनै मोडमा परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै साहित्य सिर्जना निरन्तर जारी राख्न साहित्यकारहरूलाई आग्रह गरे । उनले साहित्य समाजको दर्पण मात्र नभई मार्गदर्शक पनि भएको उल्लेख गरे ।

कार्यक्रममा सहभागी सर्जकहरूले आ–आफ्ना रचनाहरू वाचन गर्दै साहित्यिक वातावरणलाई उत्साहपूर्ण बनाएका थिए । रचना वाचनका क्रममा श्रोता तथा साहित्यप्रेमीहरूले सर्जकहरूको सिर्जनात्मक प्रस्तुतिलाई सराहना गरेका थिए ।

पुष्पपराग साहित्य प्रतिष्ठानले नियमित रूपमा साहित्यिक कार्यक्रम आयोजना गर्दै साहित्यिक सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको जनाएको छ । संस्थाले आगामी दिनमा पनि यस्ता रचना वाचन कार्यक्रम तथा साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ ।

 

वि.सं.२०८२ फागुन ३० शनिवार १५:४३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...