back
CTIZAN AD

आज चैत १ गते आइतवार: तपाईँको राशिफल कस्तो छ ?

वि.सं.२०८२ चैत १ आइतवार

621 

shares

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम गरेर लाेकप्रियता हासिल गर्न सकिनेछ। समाजमा मान-सम्मान बढ्नेछ र नयाँ मान्छेहरूसँग चिनजान हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ। भविष्यका लागि कुनै ठुलो कामको जग बसाल्ने सही समय छ। आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो हुनेछ। उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय छ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफैँले गरेका बाचाहरू पुरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलि कमजोर रहे पनि कामको जिम्मेवारी भने थपिनेछ। तर हार मानिसकेको काम फेरि बन्न सक्छ। अरूको काममा समय बिते पनि केही न केही प्रतिफल पक्का मिल्नेछ। मिहिनेत गर्न नछाेड्नुहाेला।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। अरूको झैझगडा वा कुरामा चासो नदिनुहोला, आफैँलाई अप्ठ्यारो पर्न सक्छ। काममा सोचेजस्तो ठुलो सफलता नपाइएला। नयाँ वा जोखिमपूर्ण काम अहिल्यै सुरु नगर्नुहोला। अत्यावश्यक काम सहयोगीका माध्यमबाट गर्न सकिनेछ। शरीर अलि कमजोर हुन सक्छ, विश्राम र खानपानमा ध्यान दिनुहोस्।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हाँसखेल र मनोरञ्जनको समय छ। काममा छोटो समयमा फाइदा उठाउन सकिनेछ। दिन निकै उत्साहजनक रहनेछ। परिवारजन र साथीभाइको सहयोगले कामहरू सजिलै बन्नेछन्। रमाइलो यात्रा वा भोजभतेरमा सहभागी भइएला। नयाँ लुगा किन्ने वा राम्रो उपहार हातपार्ने समय छ। अतिथिका रूपमा सम्मान, सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। विरोधी वा ईर्ष्या गर्ने व्यक्तिहरू आफैँ पछि हट्नेछन्। रोकिएका कामहरू सुचारु हुनेछन्। पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ। तर आफ्ना योजनाहरू गोप्य राखेर काम गर्नुभयो भने बढी सफलता मिल्नेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। व्यापारलगायत फाइदा हुने काम प्रारम्भ हुनेछ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही अवसर प्राप्त भए पनि परिस्थितिवश काम राेकिन सक्छ। पेटकाे समस्याले स्वास्थ्य कमजाेर रहनेछ। मन लगाएर पढ्न र काम गर्न नसकिएला। सन्तान वा सहयोगीको साथले सामान्य काम बन्नेछन्। तर, फाइदा कम हुनेछ। आँटेकाे काम अलि ढिलो हुन सक्छ तर धैर्य राख्नुभयो भने सफलता मिल्नेछ। बल प्रयोग गर्नुभन्दा बुद्धि लगाएर काम गर्नुहोला।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूकाे भरमा काम थाल्दा समस्या पर्न सक्छ। हतारमा निर्णय नगर्नुहोला, पछि पछुतो हुन सक्छ। साझेदारसँग पहिले गरिएकाे सम्झौता ताेड्नुपर्ने परिस्थिति आउन सक्छ। घरपरिवारमा पनि मनमाेटाव हुने ग्रहयाेग छ। तर आफैँ जान्ने हुनुभन्दा घरका ठुला मान्छे वा अनुभवी व्यक्तिको सल्लाह मान्दा फाइदा हुनेछ। फाइदाका लागि अनुकूल समय पर्खनुहाेला।

 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछ। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। अरूका लागि केही रकम खर्च हुनेछ र आफ्ना लागि दिगो काम प्रारम्भ हुनेछ।

 

२०८२ चैत १ गते (१५ मार्च २०२६) आइतवार, चैत्र शुक्लपक्ष एकादशी तिथि, ७ः२९ बजेपछि द्वादशी। श्रवण नक्षत्र। चन्द्रराशि मकर।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ चैत १ आइतवार ०७:१३ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...