
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी पहल गर्ने प्रस्ताव तयार गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले प्रस्ताव तयार गरेको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि प्रभावकारी पहल गर्ने प्रस्ताव तयार गरेको छ ।
‘जेनजी लगायत अग्रगमन र परिवर्तन पक्षधरसँग वार्ता, संवाद गरी समझदारी कायम गर्छौँ’ सापकोटाले भने, ‘सबै देशभक्त परिवर्तनकारी पार्टीहरू, समाजवादी सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने प्रस्ताव तयार भएको छ ।’
सापकोटाले केन्द्रीय समिति विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संयोजकत्वमा महाधिवेशनमा जाने प्रस्ताव तयार भएको बताए ।
वि.सं.२०८२ असोज ८ बुधवार १६:५९ मा प्रकाशित