back
CTIZAN AD

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

वि.सं.२०८२ असोज ८ बुधवार

927 

shares

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णय गरेको थियो । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्दै उनले सो जानकारी दिएका हुन् ।

सो अवसरमा मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेका थिए । मन्त्री खनालले निरीक्षण गरिरहनुभएका समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।

अर्थमन्त्री खनाल एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार मन्त्री खनाल आज अपराह्न उद्योगी एवं व्यापारीसँग मोरङ व्यापार सङ्घ विराटनगर हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम छ ।

वि.सं.२०८२ असोज ८ बुधवार १५:४४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...