back

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

वि.सं.२०८२ असोज ८ बुधवार

174 

shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन् ।

दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेको र केन्द्रीय समितीद्वारा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

उनले भने, “अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितीद्वारा स्वीकृत भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिको छ ।”

महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताए । उनका अनुसार नेसपा (नयाँ शक्ति) ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।

वि.सं.२०८२ असोज ८ बुधवार १८:०७ मा प्रकाशित

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन...

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ...

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

काठमाडौँ । शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक...

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा...