back

डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग

वि.सं.२०८२ असोज ९ बिहीवार

312 

shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।

आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गरे ।

डा भट्टराईले भने, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि रहने छु ।”

उनले सुशासनका पक्षमा भएको ‘जेनजी’ युवाहरुको आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्न खोजेको बताउनुभयो । भ्रष्ट नेतामाथि कारबाही हुनुपर्ने माग उठिरहेको सन्दर्भलाई इङ्गित गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, “त्यसका लागि युवा पुस्ताबाट देशव्यापी रुपमा दबाब सिर्जना गर्न आवश्यक छ, भ्रष्ट जो कोही पनि कानुनको दायरामा आउनुपर्दछ ।”

उनले भने, “अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र निर्वाचन तथा शासकीय प्रणालीमा सुधार नगरे मुलुक थप जटिलतामा फस्ने छ, त्यसतर्फ सम्बद्ध सबैको ध्यान जान जरुरी छ ।”

नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराईले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा संस्थागत सहभागितासहित ‘जेनजी’ युवाहरुले देशको नेतृत्व लिनसक्नुपर्न धारणा व्यक्त गरे ।

वि.सं.२०८२ असोज ९ बिहीवार १५:२२ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...