back
CTIZAN AD

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

वि.सं.२०८२ असोज १७ शुक्रवार

858 

shares

बर्लिन । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् ।

एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए ।

विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू बिहीबार राति स्थगित गरिएका थिए । यस कारण करिब तीन हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् ।

त्यस्तै, अवतरणका क्रममा रहेका १५ वटा विमानहरूलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्टसहितका अन्य सहरहरूमा मोडिनु परेको थियो ।

प्रभावित यात्रुहरूको असुविधा कम गर्नका लागि अस्थायी व्यवस्था स्वरूप विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउने भन्ने विषयमा भने कुनै निश्चित जानकारी दिइएको छैन ।

बिहीबार साँझ करिब १९३० जिएमटीमा र त्यसको एक घण्टापछि पुनः म्युनिख विमानस्थल वरिपरि धेरै व्यक्तिहरूले ड्रोन देखेको बताएका थिए । यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले बताए ।

जर्मन अधिकारीहरूले तत्कालै ड्रोनको उत्पत्ति पत्ता लगाउन खोजीकार्य प्रारम्भ गरेका छन् । यस क्रममा प्रहरी हेलिकप्टरहरू समेत तैनाथ गरिएको भए तापनि ड्रोनको किसिम र सङ्ख्याबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन ।

यो घटना जर्मनीको प्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सवको अन्तिम सप्ताहन्तअघि भएको हो । विश्वभरबाट सयौँ हजार मानिसलाई दैनिक रूपमा आकर्षित गर्ने यस पर्वको पूर्वसन्ध्यामा यस्तो घटना हुनुले सुरक्षाप्रति थप चिन्ता बढाएको छ ।

युरोपका अन्य मुलुकहरूमा समेत हालै यस्ता घटनाहरू दोहोरिएका छन् । विशेषगरी कोपेनहेगन, ओस्लो र वार्साका विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो । यसै कारण अहिले जर्मनी पनि उच्च सतर्क अवस्थामा रहेको छ ।

पोल्यान्ड र डेनमार्कले यस्ता अवरोधहरूका लागि प्रत्यक्ष रूपमा रूसलाई दोषारोपण गरेका छन् । यसैबीच, युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका प्रतिनिधिहरू बिहीबार कोपेनहेगनमा भेला भई सम्भावित हवाई खतराबाट बच्न ‘ड्रोन पर्खाल’ निर्माण गरेर सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेका थिए ।

गत साताभरि जर्मनीका विभिन्न भागमा सैन्य तथा औद्योगिक स्थलगत क्षेत्रमा समेत ड्रोनको झुण्ड देखिएको रिपोर्ट सार्वजनिक भएपछि अधिकारीहरूले बढ्दो ड्रोन खतराबारे स्पष्ट चेतावनी दिएका छन् ।

यसै सन्दर्भमा जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले भने, “हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ । यसलाई सामना गर्न अब नयाँ प्रकारका उपाय र प्रतिक्रियाहरू खोज्न अपरिहार्य छ । आवश्यक परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने सम्भावित ड्रोनहरूलाई खसाल्ने कार्यान्वयन पनि गर्नुपर्ने हुनसक्छ ।”

(रासस/एएफपी)

वि.सं.२०८२ असोज १७ शुक्रवार १५:२० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...