back

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

वि.सं.२०८२ असोज ९ बिहीवार

438 

shares

कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार राति विशाल ना उयाना वन मठभित्रको पहाडको माथिको ध्यान कक्षतिर जाँदै गर्दा पीडितहरू सानो अस्थायी क्याबिनमा जम्मा भएका थिए । कारमा १३ जना भिक्षु थिए । दुई जना थोरै घाइते भएर भाग्न सफल भए भने अन्य चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुहरू रहेका छन् । प्रारम्भिक रिपोर्टले केबल टुटेको सङ्केत दिएको छ । केवल कार ट्र्याकमा जानुअघि उच्च गतिमा तलतिर खसेको थियो ।

उक्त मठ राजधानी कोलम्बोबाट एक ३० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।(रासस/एएफपी)

वि.सं.२०८२ असोज ९ बिहीवार १७:४१ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...