back

पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

वि.सं.२०८२ असोज १२ आइतवार

207 

shares

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार ज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘दसैँ, दीपावली तथा छठ पर्वको बिदाका दिनमा पनि खुला रहनेछन्, मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनमा खुला रहने व्यवस्था गरिएको हो ।’

आयोगले मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोग सबैमा अनुरोध गरेको छ ।

सार्वजनिक बिदा तथा चाडपर्वका समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना गर्न आयोगले भनेको छ ।

‘चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ’, आयोगले भनेको छ, ‘साथै, सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

वि.सं.२०८२ असोज १२ आइतवार १६:१० मा प्रकाशित

Himalayan Life AD
आजको मौसम: कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

आजको मौसम: कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

    काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव...

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा...

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री...

आज विश्व विकास सूचना दिवस : सूचना प्रविधिद्वारा विश्व विकासको बाटोमा

आज विश्व विकास सूचना दिवस : सूचना प्रविधिद्वारा विश्व विकासको बाटोमा

काठमाडौँ । आज देशभर विश्व विकास सूचना दिवस विभिन्न कार्यक्रमसहित...

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

  काठमाडौँ । प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...