back

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

वि.सं.२०८२ असोज १२ आइतवार

330 

shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको स्थलगत अनुगमन गरेका छन् ।

उनले आज अनुगमनका क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्याउन पहल गर्ने बताए।

आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग पु¥याउने व्यवस्था मिलाउन पहल गर्ने बताए ।

 

मुख्यमन्त्री शाहले आन्दोलनबाट पुगेको क्षतिको मूल्याङ्कन गरी तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा संघ तथा प्रदेश सरकारले चासो जानुपर्ने बताए । जेन जेड आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले मुख्यमन्त्री शाहलाई आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नगरपालिकालाई रु नौ करोड ५३ लाखभन्दा बढीको भौतिक क्षति भएको जानकारी गराए ।

नगरपालिकाले यसपालिको बजेटबाट पुनर्निर्माणका लागि रु. एक करोड ५० लाख बजेट विनियोजन गरेको र स्थानीय तथा सहयोगी दाताबाट सामग्री र नगद सङ्कलनको काम पनि अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताए।

नगरपालिकाका विभिन्न सार्वजनिक संरचना, विद्यालय र व्यक्तिका घरधुरीमा क्षतिको समीक्षा गर्दै आवश्यक प्राथमिकताको सूची तयार गरेको जनाइएको छ ।

वि.सं.२०८२ असोज १२ आइतवार १६:३० मा प्रकाशित

Himalayan Life AD
लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि...

गुञ्जिन छाडे पुराना भैली गीत

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर । तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो)...

पाकेर झुलिसकेको धान भित्र्याउन नसकिएपछि किसान चिन्तित

पाकेर झुलिसकेको धान भित्र्याउन नसकिएपछि किसान चिन्तित

सुदूरपश्चिम । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...