back

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरिँदै

वि.सं.२०८२ असोज १३ सोमवार

225 

shares

काठमाडौँ  । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । सवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ ।बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

वि.सं.२०८२ असोज १३ सोमवार ०७:२७ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...