back

नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी सवारी संचालन

वि.सं.२०८२ असोज १५ बुधवार

222 

shares

भरतपुर । बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

दसैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

उनका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

 

वि.सं.२०८२ असोज १५ बुधवार १५:०५ मा प्रकाशित

Himalayan Life AD
धनगढीमा दसैँका दिन निःशुल्क बससेवा

धनगढीमा दसैँका दिन निःशुल्क बससेवा

धनगढी । दसैँ पर्वको अवसरमा धनगढीमा भाेलि बिहीबार नि:शुल्क बससेवा...

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा (झापा) । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु...

खोलाको किनारमा माटो खन्न गएका चार जनाको पुरिएर मृत्यु

खोलाको किनारमा माटो खन्न गएका चार जनाको पुरिएर मृत्यु

बरहथवा (सर्लाही) । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...

ड्युटीका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

ड्युटीका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...