back

टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

वि.सं.२०८२ असोज १६ बिहीवार

717 

shares

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड बडादसैं देशभर हर्षोल्लासका साथ मनाइँदैछ। विजयादशमीका दिन मान्यजनको हातबाट टीका–जमरा ग्रहण गर्ने परम्परा पुस्तौंदेखि चल्दै आएको छ। यस अवसरमा कुन दिशातर्फ फर्केर टीका लगाउने भन्ने प्रश्न धेरैलाई हुने गर्दछ।

धार्मिक परम्पराअनुसार, आशीर्वाद दिने ज्येष्ठ सदस्यले पश्चिमतर्फ फर्केर बस्ने गर्छन् भने आशीर्वाद लिने कनिष्ठ सदस्यले पूर्वतर्फ फर्केर टीका ग्रहण गर्ने प्रचलन छ। उदाउँदो सूर्य र ऊर्जा–शुभताको प्रतीक मानिने भएकाले पूर्व दिशा शुभ मानिएको हो।

धार्मिक ग्रन्थहरूमा पनि पूजापाठ तथा अन्य वैदिक कर्मकाण्डमा पूर्व वा उत्तर दिशा पवित्र मानिने उल्लेख पाइन्छ। यसैकारण, दसैंमा टीका लगाउँदा वा जमरा ग्रहण गर्दा पनि सोही परम्परा पालना गरिन्छ।

मन्त्रसहित टीका लगाउने विधि
दशैंको टीका–जमरा राख्दा प्रायः निम्न मन्त्र उच्चारण गरिन्छः

“श्रीरामचन्द्रस्य विजयस्तथा भवेत् ।”
(अर्थ : भगवान् रामचन्द्रजस्तै तपाईँको पनि विजय होस्।)

यसका साथै केही ठाउँमा –

“अयोध्यायां समुत्पन्नो रामचन्द्रस्य सेवितः ।
एजमरा मया दत्तो आयुष्मान भव सर्वदा ।।”

मन्त्र उच्चारण गरेर जमरा राख्ने परम्परा पनि रहँदै आएको छ।

सांस्कृतिक महत्व
दसैंको टीका–जमरा केवल धार्मिक विधि मात्र नभई परिवार र समाजलाई एकताबद्ध गर्ने माध्यम पनि हो। ज्येष्ठ–कनिष्ठबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन र आशीर्वाद ग्रहण गर्ने अवसरका रूपमा टीका ग्रहणलाई लिइन्छ। यस अवसरमा आशीर्वादसहित दीर्घायु, समृद्धि र विजयको कामना गरिन्छ।

वि.सं.२०८२ असोज १६ बिहीवार ०७:१७ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...