
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जिव दाहालसहित अन्य व्यक्ति रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि प्रकारको प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार ‘जेन–जी’ का विभिन्न समूह प्रदर्शन गर्न भन्दै माइतीघर पुगेका थिए । अहिले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
घटनापछि त्यहाँ बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
वि.सं.२०८२ असोज २३ बिहीवार १४:०४ मा प्रकाशित