back

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

वि.सं.२०८२ असोज २३ बिहीवार

498 

shares

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत राम्रो व्यापार गर्न नसकेको देखिएको छ ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चलचित्र ‘बलिदान’ ले असोज २० गते राति ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ को व्यापार गरेको देखिन्छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री गर्दै सो कारोबार गरेको चलचित्र विकास बोर्डले जनाएको छ । सन्तोष सेनले निर्देशन गरेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

त्यसैगरी अभिनेता हरिवंश आचार्य अभिनीत चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रु तीन करोड २१ लाख ७० हजार १६० को व्यापार गरेको तथ्याङ्कले देखाएको छ । यस चलचित्रका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । दीपेन्द्रकुमार खनालले निर्देशन गरेको यस चलचित्रमा आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

फूलपातीकै अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ ले भने सबैभन्दा कम रु दुई करोड १३ लाख ६४ हजार ६९२ को व्यापार गरेको देखिन्छ । चलचित्र विकास बोर्डको बक्सअफिस एपमा अनुसार यस चलचित्रका ६८ हजार ३२ टिकट बिक्री भएका छन् । रोहित अधिकारीले निर्माण र मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर र प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रकर्मीहरूले पछिल्ला वर्षमा दसैँको समयमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने प्रवृत्ति देखिएकाले यसपटक पनि तीन चलचित्र एकैपटक प्रदर्शनमा ल्याइएको बताएका छन् । उनीहरूले बिदाको समयमा दर्शकको उपस्थिति बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन बढेको बताए । तर यस वर्षको प्रारम्भिक व्यापार हेर्दा अघिल्लो दसैँको तुलनामा चलचित्रहरूको कारोबार उत्साहजनक हुन नसकेको चलचित्रकर्मीहरूको भनाइ छ

 

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा...

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडाैँ । एन आई सी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...