back
CTIZAN AD

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

वि.सं.२०८२ असोज २३ बिहीवार

1K 

shares

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत राम्रो व्यापार गर्न नसकेको देखिएको छ ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चलचित्र ‘बलिदान’ ले असोज २० गते राति ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ को व्यापार गरेको देखिन्छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री गर्दै सो कारोबार गरेको चलचित्र विकास बोर्डले जनाएको छ । सन्तोष सेनले निर्देशन गरेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

त्यसैगरी अभिनेता हरिवंश आचार्य अभिनीत चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रु तीन करोड २१ लाख ७० हजार १६० को व्यापार गरेको तथ्याङ्कले देखाएको छ । यस चलचित्रका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । दीपेन्द्रकुमार खनालले निर्देशन गरेको यस चलचित्रमा आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

फूलपातीकै अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ ले भने सबैभन्दा कम रु दुई करोड १३ लाख ६४ हजार ६९२ को व्यापार गरेको देखिन्छ । चलचित्र विकास बोर्डको बक्सअफिस एपमा अनुसार यस चलचित्रका ६८ हजार ३२ टिकट बिक्री भएका छन् । रोहित अधिकारीले निर्माण र मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर र प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रकर्मीहरूले पछिल्ला वर्षमा दसैँको समयमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने प्रवृत्ति देखिएकाले यसपटक पनि तीन चलचित्र एकैपटक प्रदर्शनमा ल्याइएको बताएका छन् । उनीहरूले बिदाको समयमा दर्शकको उपस्थिति बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन बढेको बताए । तर यस वर्षको प्रारम्भिक व्यापार हेर्दा अघिल्लो दसैँको तुलनामा चलचित्रहरूको कारोबार उत्साहजनक हुन नसकेको चलचित्रकर्मीहरूको भनाइ छ

 

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...