back
CTIZAN AD

अन्नपूर्ण आधार शिविरमा धेरै पर्यटक आएपछि व्यवस्थापनमा समस्या

वि.सं.२०८२ असोज २३ बिहीवार

717 

shares

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुराँको क्षमता भन्दा बढी सङ्ख्यामा पर्यटक पुगेपछि व्यवस्थापनमा समस्या भएको छ ।

८,०९१ मिटर उचाइको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने यो आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ । पदमार्ग र आधार शिविरका टेन्ट र आश्रयस्थलमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता छ । तर हाल दैनिक १५० भन्दा बढी पर्यटक आउने क्रम बढेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउन अनुमति पाइँदैन,” उनले भने, “गाउँपालिकासँग समन्वय गरेर गत बसन्तदेखि टेन्ट टाँगेर खाने र बस्ने व्यवस्था मिलाइएको हो, तर अहिले क्षमता भन्दा तीन गुणा बढी पाहुनाहरू आउन थालेपछि समस्या भएको छ,” उनले भने ।

फुतफुते झरना, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल क्षेत्रमा स्थानीयहरूले गत बैशाखदेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्ने व्यवस्था मिलाएका छन् । अपेक्षा भन्दा धेरै पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको संख्या थप गर्न लागिएको पुर्जाले बताए ।

होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैंले व्यवस्था गर्नुपर्ने अवस्था थियो । आधार शिविर भ्रमण गरेर फर्किएका बेनीका सन्दिप खत्रीले भने, “तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपर्‍यो,” उनले भने ।

मानव बस्तीदेखि टाढा रहेको कारण सञ्चार, विद्युत अभाव र आवास व्यवस्थापनमा समस्या रहेको पनि उनले बताए । अर्का पदयात्री बिशाल खत्रीले भने, “भुसकेटदेखि आधार शिविरसम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरूको आवश्यकता महसुस भएको छ,” उनले अनुभव सुनाए ।

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला हुँदै दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर हाल पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाड र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल यस क्षेत्रको आकर्षण हो ।

पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै वि.सं. २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा यो पदमार्ग पहिचान गरिएको हो । अन्नपूर्ण गाउँपालिकाले वि.सं. २०७७ मा यस पदमार्गलाई “मौरिस हर्गोज पदमार्ग” नामकरण गरी सञ्चालनमा ल्याएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी, पदमार्ग मर्मत तथा चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुला संग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पाँच लाख रुपैयाँ सहयोग गरेर ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण गरेको छ । थप पूर्वाधार निर्माणका लागि पहल भइरहेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताए ।

वि.सं.२०८२ असोज २३ बिहीवार १३:३४ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...