back

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

वि.सं.२०८२ असोज २३ बिहीवार

711 

shares

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु हुने भएको छ । यो च्यालेन्जस हरेक महिना हुने ट्रेल रनिङ प्रतियोगता हो ।

काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभीआर रनमा समावेश हुने गर्दछ ।

ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ । आयोजकले यो वर्षको प्रतिस्पर्धामा ।परिवारमैत्री वातावरण सृजना गर्ने र्ने लक्ष्य राखेको छ । जसमा सहभागीहरू फरक–फरक दूरीमा प्रकृतिको मज्जा लिँदै दौडन वा पैदल यात्रा गर्न सक्नेछन् ।

ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७–१० किलोमिटरको फन रन/हाइक पनि राखिएको छ । यो छोटो दूरीको ट्रयाक परिवार र साथीहरूका लागि उपयुक्त बनाइएको छ ।

यो वर्षको पहिलो रेसमा अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले हालसम्म दर्ता गरिसकेका छन् । इच्छुक धावकहरूले अझै पनि शुक्रबार बिहान १० बजेसम्म www.tralimandu.com मा गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।

रेस निर्र्देशक आशिष मिश्रका अनुसार रेसको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले भने–“हामीले यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउनेप्रयास गरेका छौंँ । यसको उद्देश्य ट्रेल रनिङ समुदायलाई सक्रिय राख्नुका साथै नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटनलाई प्रवर्धन गर्नु हो ।”

याे सत्रमा केभीआर समीत च्यालेन्जसमा पाँच चरण हुनेछ । रेस १ सन् २०२५ अक्टोबर ११, रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६को जनवरी १० र रेस ५ फेबु्अरी १ मा हुनेछ ।

“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

वि.सं.२०८२ असोज २३ बिहीवार १८:३५ मा प्रकाशित

Himalayan Life AD
नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

२०औँ एसियाली खेलकुद (एसियाड) का लागि  ४३४ खेलाडीको नाम दर्ता

२०औँ एसियाली खेलकुद (एसियाड) का लागि ४३४ खेलाडीको नाम दर्ता

काठमाडौँ । जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने...