back

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

वि.सं.२०८२ असोज २४ शुक्रवार

438 

shares

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन् ।

शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनका युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियाअनुसार ओली नै सिफारिसकर्ता रहेको बताए ।

‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँ (ओली) नै हो,’ प्रचण्डले भने, ‘केपी ओलीको लिखित सिफारिसकै आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । अहिले यो सरकार हावामा बनेको भन्न मिल्दैन, उहाँ नै सिफारिसकर्ता हो । हामी त्यस प्रक्रियाका साक्षी मात्रै थियौं,’ उनले स्पष्ट पारे ।

प्रचण्डले देश गम्भीर सङ्कट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमतिको आवश्यकता रहेकोमा जोड दिए ।
‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति देखिएको छ,’ उनले भने, ‘अब राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी सबैको साझा सहमतिको खाँचो छ ।’

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:२७ मा प्रकाशित

Himalayan Life AD
एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

  झापा, २४ असोजः यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका...

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्युु 

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्युु 

काठमाडौँ । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको...

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक...