एमाले निकट युवालाई काठमाडौंमा र्याली र सभा गर्न रोक
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घलाई मोटरसाइकल र्याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।
युवा सङ्घले शनिवार काठमाडौंमा मोटरसाइकल र्याली र सभा गर्ने योजना बनाएको थियो । तर, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा सङ्गठनलाई र्याली, जुलुस वा सभा जस्ता गतिविधिका लागि अनुमति नदिइएको स्पष्ट पारेका छन् ।
वि.सं.२०८२ असोज २४ शुक्रवार १६:१७ मा प्रकाशित




























