back
CTIZAN AD

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

वि.सं.२०८२ असोज २४ शुक्रवार

1.4K 

shares

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन् ।

शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनका युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियाअनुसार ओली नै सिफारिसकर्ता रहेको बताए ।

‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँ (ओली) नै हो,’ प्रचण्डले भने, ‘केपी ओलीको लिखित सिफारिसकै आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । अहिले यो सरकार हावामा बनेको भन्न मिल्दैन, उहाँ नै सिफारिसकर्ता हो । हामी त्यस प्रक्रियाका साक्षी मात्रै थियौं,’ उनले स्पष्ट पारे ।

प्रचण्डले देश गम्भीर सङ्कट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमतिको आवश्यकता रहेकोमा जोड दिए ।
‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति देखिएको छ,’ उनले भने, ‘अब राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी सबैको साझा सहमतिको खाँचो छ ।’

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:२७ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...