back

डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

वि.सं.२०८२ असोज २५ शनिवार

1.3K 

shares

अक्टोवर ३ तारिख विश्वभरका प्रगतिशिल एवं समाजवादी पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासङ्घ (डब्लूएफटियु) को स्थापना दिवसको दिन हो ।

विश्व ट्रेड युनियन महासङ्घ (डब्लूएफटियु) को स्थापना आज भन्दा ८० वर्ष अगाडि भएको हो । दोश्रो विश्ववयुद्दको अन्त्य पछि सन् १९४५ अक्टोबर ३ देखिन विश्वका ५६ देशका २५६ जना ट्रेड युनियनका प्रतिनिधिहरु फ्रान्सको राजधानी पेरिसमा भेला भए । र यहीँ भेलालाई नै श्रमिकहरुको पहिलो विश्व सम्मेलन भएको निर्णय गर्दै विश्व ट्रेड युनियन महासङ्घ स्थापना भएको निर्णय भएको थियोे । विश्वयुद्धको अन्त्य भए पनि साम्राज्यवाद,फांसीवाद र पुंजीवादले श्रमिकहरुको वर्वर शोषण गरेको थियोे । महासङ्घको पहिलो घोषणापत्रमा विश्ववाट फांसीवाद,साम्राज्यवाद र पुंजीवादकोअन्त्यका लागि सङ्घर्ष गर्ने, श्रमिकहरुको अधिकारको लागि सङ्घर्ष गर्ने र साना र देशहरूको सार्वभौमिक अधिकारमा धनी राष्ट्रको थिचोमिचो र हस्तक्षेपका विरुद्ध तथा जाती,वर्ण, लिङ्गको आधारमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ ।

डब्लूएफटियूको प्रथम अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमलाई सञ्चालन गर्न आधारभूत संगठनात्मक सिद्धान्त अवलम्बन गर्ने उल्लेख गरिएको छ । जसमा र एकतावद्व, विश्वव्यापी, लोकतान्त्रिक र श्रमिक वर्ग आधारित चरित्रलाई आत्मसात् गर्दै निम्न सिद्धान्तहरु अवलम्बन गर्ने उल्लेख गरिएको छ ।

– सबै देशका ट्रेड युनियनहरूका बीचमा प्रजातान्त्रिक वातावरण श्रृजना गर्दै सहयोग र समन्वयलाई प्रगाढ वनाउने,
– आवद्ध ट्रेड युनियनहरूसँग जीवन्त सम्पर्क गरी उनीहरूका कृयाकलापमा महत्त्वपूर्ण सहयोग र ऐक्यवद्धता प्रदान गर्ने,
– अन्तर्राष्ट्रिय श्रम आन्दोलनलाई एकतावद्ध र सवलीकरण गर्न द्विपक्षीय सूचना र अनुभवको आदान प्रदान गर्ने,
– आप्रवासी श्रमिकहरूको हित रक्षाको लागि कार्य गर्ने,
विद्यमान श्रोत साधनको परिचालन गरि डब्लूएफटीयुको स्थापना, लक्ष्य, उद्देश्य वारेमा व्यापक प्रचार प्रसार गर्ने उल्लेख गरिएको छ ।

उपलब्धिहरुः
डब्लूएफटियूको स्थापना भएको ८० वर्षको अवधिमा विश्वका श्रमिकको हकहितका लागि सङ्घर्ष, आन्दोलनका माध्यमबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन ।

पहिलो, सन् १९४८ र सन् १९४९ मा श्रमिकहरुका लागि संगठीत हुन पाउने अभिसन्धी नं ८७ र सामुहिक सौदावाजी गर्न पाउने अभिसन्धि नं ९८ अन्तर्राष्ट्रिय श्रम संगठनबाट पारित गराउनका लागि डब्लुएफ टियुले नेतृत्वकारी भुमिका निर्वाह गरेर अन्तर्राष्ट्रिय श्रम संगठनको अधिवेशनवाट यी दुईवटा अभिसन्धीहरु पारित र शिफारिस गराउन सफलता प्राप्त गरेको छ । आज विश्व भरका श्रमिकहरुले यिनै दुईवटा अभिसन्धीमा उल्लेखीत अधिकारको उपयोग गरि आफ्ना हकहितको लागि ट्रेड युनियनका माध्यमबाट सङ्घर्ष आन्दोलन गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन ।
दोश्रो, डव्लुएफटियूले स्थापना कालमै संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय श्रम संगठन,युनेस्को र विश्व खाध्य संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा स्थायी प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्दै आएको छ । र यी संस्थाहरुका वार्षिक सम्मेलन, बैठक र विभिन्न सेमीनारहरुमा सक्रिय सहभागी भएर श्रमिकहरुले भोगीरहेका समस्या उठाउदै श्रमिक पक्षिय नीति, नियम र कानुन लागू गर्न संसारभरका सरकारहरुको ध्यानाकर्षण गराउने र यी संस्थाहरुवाट पनि श्रमिक पक्षीय नीति, अभिसन्धीहरु पारित गराउन र लागू गराउन ध्यानाकर्षण गराउने काम गर्दै आएको छ ।

तेस्रो, डब्लुएफटियुले विश्वमा युद्ध होइन शान्ति कायम गर्न विभिन्न समयमा विश्वव्यापी शान्ति अभियान संचालन गरेको छ । विश्व साम्राज्यवाद र पुंजीवादले संचालन गरेको युद्ध, हत्या, हिंसा, आतंक र श्रमिकहरु माथि गरेको बर्वरशोषणका विरुद्ध सङ्घर्षआन्दोलन गर्दै श्रमिकहरुको हक र हित प्राप्तिका लागि महत्त्वपूर्ण उपलब्धी हासिल गरेको छ । खासगरीकन साम्राज्यवादी अमेरिकाले क्यूवाका विरुद्ध गरेको नाकाबन्दी, प्यालेस्टाइनी जनताका विरुद्ध साम्राज्यवादी इजरायलले अमेरिका र नाटोको सहयोगमा गरेको नरसंहारको विरोध गर्दै अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । र प्यालेस्टाइनी जनताले मातृभूमिको रक्षाका लागि गरेको सङ्घर्ष प्रति ऐक्यबद्धता प्रकट गर्दै युद्धबाट पिडित वीर प्यालेस्टाइनी जनतालाई मानवीय सहयोग गर्दै अविलम्ब प्यालेस्टाइन क्षेत्रमा संयुुक्त राष्ट्रसङ्घबाट निर्धारण गरिएको निर्णयलाई पालना गर्न डब्लूएफटीयुले विश्वव्यापी अभियान संचालन गरेको छ ।

चौथो, विश्वका श्रमजीवी वर्गले संचालन गरेको आन्दोलन, युद्ध र द्वन्दका कारण आफ्नो मातृभूमि छोडेर जान बाध्य शरणार्थीहरु, आप्रवासी श्रमिकहरुका पक्षमा आवाज उठाउदै उनीहरूले संचालन गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दै आएको छ ।

पांचौ, डब्लूएफटियूले नवउदारवादी रंजीवादी अर्थनीतिले श्रमिक माथि गरेको वर्वर शोषण को विरोध गर्दै श्रमिक हरुको सेवा सुरक्षा, सामाजीक सुरक्षा, न्यूनतम तलव सुविद्या प्राप्तिका लागि सङ्घर्ष गर्दै आएको छ ।

डब्लुएफटियूमा बिभाजनः
डब्लुएफटियूले जसरी विश्वभरका श्रमिकहरुलाई एकताबद्व बनाएर अगाडि बढेको थियो । तर डब्लूएफटीयुका गतिविधिलाई निस्तेज बनाउन पूंजीवादीहरु भित्र भित्रै लागेका थिए । साम्राज्यवादी अमेरिकाले विश्वमा वामपन्थीहरू, समाजवादीहरुको सक्रियता बढन थाले पछि मार्शल प्लान योजना अगाडि सार्यो । यो योजनाको बाहिरी आवरणमा युद्ध बाट क्षतिग्रस्त भएका युरोपियन देशको पुनर्निर्माण भन्ने थियो । तर भित्री योजना चाहिँ समाजवादी लहरलाई निस्तेज बनाउने रहेको थियोे । यहीँ मार्शल प्लान योजनाको डलरबादी कार्यक्रम डब्लूएफटियूले संचालन गर्नु पर्दछ भन्ने प्रस्ताव पूंजीवादी सोसल डेमोक्रेट्स पक्षधर अमेरिका, जर्मनी, बेलायतका ट्रेड युनियन प्रतिनिधिहरुले पेस गरे । तर डब्लूएफटियूका बहुमत सदस्यहरुले अस्वीकार गरि दिए । फेरि सोसल डेमोक्रेट्सहरुले अर्को नयाँ प्रस्ताव अगाडि सारे, जसमा उनीहरूको प्रस्ताव थियो, यदि मार्शल प्लान लागु नगर्ने हो १२ महिनालाई डब्लूएफटियुका गतिविधि स्थगित गर्नुपर्ने प्रस्ताव राखे । यो प्रस्तावलाई पनि कमिटीले अस्वीकृत गरिदियो । यस पछि सोसल डेमोक्रेट्सहरुले १९ जनवरी १९४९ पुनः पेरिसमा छुट्टै बैठक गरेर डब्लूएफटियूबाट अलग भएर अन्तर्राष्ट्रिय ट्रेड युनियन (आइसिएफटियू) गठन गरेको घोषणा गरे ।

यसरी डब्लूएफटीयूको स्थापनाको छोटो अवधिमा नै पूंजीवादीहरुले डब्लूएफटीयूमा धावा बोलेर विभाजन गर्ने काम गरे । पछि सन २००६ मा विश्व क्रिश्चियन लेवर युनियन र आइसिएफटियू मिलेर आइटियूसी नामाकरण गरेका छन । आइटियुसी पुरानो बोत्तलमा नयाँ रक्सीः वास्तवमा आइटियुसी पुरानो बोतलमा नयाँ रक्सी जस्तै हो । यो केन्द्रले विश्व साम्राज्यवादले संचालन गरेको युद्ध, हत्या, हिंसाको विरोध गर्दैन । यस्तै यसले पूंजीवादीहरुसंग वर्ग समन्वयवादी नीति लिएको छ ।

यसले नवउदारवादी पूंजीवादी अर्थनीतिले अवलम्बन गरेको श्रमिक विरोधी नीतिको डटेर मुकाविला गर्दैन । बरु पूंजीवादी देशका सरकारहरुसंग डलरको सौदाबाजी गरेर यस केन्द्रले विभिन्न देशमा डलरवादी परियोजना संचालन गर्ने गरेको छ । विभिन्न तारे होटलमा यस्तै डलरबाट विभिन्न गोष्ठी,सेमीनारहरु संचालन गरेर ट्रेड युनियन आन्दोलनमा डलरवादी रुपमा आकर्षण बढाउने दुष्प्रयास गरेको छ । आइटियूसीको यस्तो डलरवादी खेतीका कारण कतिपय देशका प्रगतिशील ट्रेड युनियनहरुपनि यस ट्रेड युनियन केन्द्रमा आबद्ध भएका छन । यो वास्तवमा ट्रेड युनियन आन्दोलन भित्रको विकृत,भद्वा र अवसरवादी प्रबृत्ति हो ।

लेनिनले यस सम्बन्धमा उल्लेख गरेका छन -पूंजीवादीहरुले पैसा खर्च गरेर ट्रेड युनियनका नेताहरूलाई खरिद गरेर श्रमिक पक्षीय डब्लूएफटीयूको सन् २००५ मा क्यूवामा सम्पन्न डब्लूएफटीयुको पन्ध्रौं विश्व सम्मेलनबाट कमरेड जर्ज म्याभ्रीकोज महासचिवमा निर्वाचित भए पछि झन यसले वैचारिक एवं सांगठनिक हिसाबले जुझारु, लोकतान्त्रिक र श्रमिक वर्ग आधारित भएर पुनर्गठित हुदै अगाडि बढेको छ । डब्लूएफटियूमा विश्वका झन्डै १० करोड ५० लाख अहिलेसम्म आबद्ध भएका छन । ५ वटै महादेशका १३५ देशका ट्रेड युनियनहरु यस अन्तर्राष्ट्रिय केन्द्रमा आबद्ध भएका छन । यस केन्द्रमा कृषि, निर्माण, ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउने गर्दछन । तसर्थ यस्ता गतिविधिबाट ट्रेड युनियन आन्दोलनलाई जोगाउनु पर्दछ भन्ने भनाइ अहिले सामयिक र सान्दर्भिक छ ।

विश्व ट्रेड युनियन महासङ्घको कार्यदिशाः
विश्व ट्रेड युनियन महासङ्घ, आफ्नो ८० औँं वर्षको अथक सङ्घर्ष र योगदानमा विश्वभरका श्रमिकहरूको हितका लागि जायज माग र लडाकु जुझारु सङ्घर्षहरूमा निरन्तर अग्रपंक्तिमा रहँदै आएको छ । आज, डब्लूएफटियु विगतको आफ्नो गौरबमय इतिहासको आलोकमा यसको सिद्धान्त र अभिमुखीकरणलाई कडाईका साथ पालना गर्दै, साम्राज्यवादी युद्ध, हत्या, हिंसा र आतंकका विरुद्धमा, विश्व पूंजीवादले नवउदारवादका नाममा श्रमजीवी विरुद्ध गरि रहेको वर्वर शोषणका विरुद्ध विश्व व्यापी रुपमा सङ्घर्ष गर्दै विश्वभरका न्यायप्रेमी श्रमिकहरुका विचमा स्थापित भएको छ । यस्तै डब्लूएफटियुले श्रमिकहरुको कुनै पनि ज्याला कटौती बिना ३५(घण्टा कार्यहप्ताको जायज, यथार्थपरक मागलाई अगाडि सार्दै आएको छ ।

विश्व ट्रेड युनियन महासङ्घको सन २०२२मा इटालीमा सम्पन्न १८ औँ विश्व सम्मेलनले अगाडि सारेको श्रमिकहरुका आधारभुत आवश्यकता र अधिकारका लागि पुंजीवादी साम्राज्यवादी वर्वर शोषणका विरुद्ध सङ्घर्ष गर्ने कार्यदिशा तय गरेको छ । यश अन्तर्गत खास गरि श्रमिकहरुको सेवा सुरक्षा, रोजगारीको अधिकार, ट्रेड युनियन अधिकार, शिक्षा, स्वास्थ्य र आवासको अधिकार, रिटायर्ड पेन्सनर हरुको जीवन यापन लगायतका विषयलाई कार्यक्रमको रुपमा एक्सन प्लान वनाएर विश्व व्यापी रुपमा विचार, संगठन, आन्दोलनको रुपमा अगाडि बढाउदै आएको छ ।

– श्रमिकहरुका लागि सम्मानजनक काम र जीवन अवस्थाको लागि सङ्घर्ष गर्ने
– श्रमिकहरुलाईल जीवन यापन गर्न पुग्ने ज्याला, तलब, पारिश्रमिक वृद्धिको लागि सङ्घर्ष गर्ने,
– श्रमिकहरुको पूर्ण अधिकार संगै स्थिर काम, प्रति हप्ता ३५ घण्टा काम, प्रति दिन ७घण्टा कामको सुनिश्चितताका लागि सङ्घर्ष गर्ने,
– सबै कार्यस्थलहरूमा स्वास्थ्य र सुरक्षा स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षाको सार्वजनिक र विश्वव्यापी प्रणालीका लागि सङ्घर्ष गर्ने,
– गुणस्तरीय काम र बस्ने वातावरणको सुनिश्चितताका लागि माग आन्दोलनलाई अगाडि बढाउन दिशा निर्देश गरेको छ ।

डब्लूएफटीयु विश्वव्यापी रूपमा सबै कामदारहरूको कामको अवस्था सुधार गर्न समाजको उत्पादक क्षमताहरूको प्रयोगको लागि दृढतापूर्वक लडदै आएको छ । यो स्पष्ट छ कि काम र जीवन को सुधार को लागी कम काम घण्टा, राम्रो ज्याला, स्वास्थ्य सेवाको सार्वजनिक र गुणस्तरीय प्रणालीमा विश्वव्यापी पहुँच, शिक्षा र सामाजिक सुरक्षा, सांस्कृतिक, मानवीय र पर्यावरणीय प्रगतिलाई बढावा दिन आवश्यक हुन्छ अनि मात्रै श्रमिकको काम र जीवनको सम्मानजनक स्वस्थ र सुरक्षित वातावरण सुनिश्चित हुनेछ ।

श्रमिकहरुका लागि प्राप्त अहिलेसम्म प्राप्त भएका उपलब्धिहरु पूंजीवादीहरुले त्यति सजिलै दिएका अधिकार होइनन । यसका लागि श्रमिकहरुको अथक सङ्घर्षकै परिणामस्वरुप उपलब्धि हासिल भएका हुन । यतिबेला पुँजीवादी व्यवस्थामा लगातारको सङ्कट र नयाँ बजारका लागि साम्राज्यवादी केन्द्रहरूबीचको तीव्र प्रतिस्पर्धा र होडबाजी चलि रहेको छ । अर्कोतिर विज्ञान र प्रविधिको विकासले श्रम उत्पादकत्वलाई निरन्तर बढाएको युगमा उत्पादन भएको सम्पत्तिलाई पुँजीवादी सन्तुष्टिको लागि मात्र नाफाको लागि बाँड्ने काम गरेका छन । यो तरिका सामाजिक रूपमा अन्याय हो । साम्राज्यवादीहरु युद्धलाई बढावा दिन हातहतियार उत्पादन, विक्रि र मुनाफाका लागि सैन्य खर्चमा थप स्रोतहरू प्रयोग गर्न हिचकिचाउँदैनन्न् । यस्तो अवस्थामा श्रमिकहरुको बलियो हतियारहरू भनेको सङ्घर्ष, अन्तर्राष्ट्रियवाद र पुँजीवादी बर्बरता विरुद्धको मजदुर सङ्घर्ष र साम्राज्यवादी आक्रमण र हस्तक्षेपका विरुद्ध जनताको सङ्घर्षमा सहयोग र ऐक्यबद्धता प्रकट गरेर मात्रै आन्दोलनलाई सफल बनाउन सकिन्छ ।

अहिले ट्रेड युनियन आन्दोलनमा विकास भएको वर्गसमन्वयवादी प्रबृत्ति, अवसरवादी र दक्षिणपन्थी प्रवृत्तिका विरुद्ध अझै शसक्त ढंगबाट सङ्घर्ष गर्नु पर्ने आवश्यक छ । यसका साथै विभिन्न देशमा वामपन्थीको आवरणमा भएको प्रतिगामी, दक्षिणपन्थी प्रबृत्ति र गतिविधिको डटेर नगरीकन आत्मसमर्पण गर्ने खालका गतिविधिबाट सजग हुदै डब्लूएफटीयू र टियुआइका गतिविधिहरुलाई प्रतिगामी र दक्षिणपन्थी गतिविधि विरुद्ध संझौताहिन ढंगबाट वैचारिक सङ्घर्षलाई अगाडि बढाउन आवश्यक छ । वामपन्थीका नामबाट सत्ताको आडमा ट्रेड युनियनहरुमा विभाजन ल्याउन ट्रेड युनियन कै नामबाट ‘समानान्तर नक्कली युनियन’ का गतिविधि अगाडिको बढाई रहेका छन । यस्ता प्रबृत्ति र गतिविधिलाई निरुत्साहित गर्न आवश्यक छ र एकिकृत ट्रेड युनियन आन्दोलनको विकासका लागि जोड दिन आवश्यक छ ।

अब डब्लूएफटियूको भूमिकालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय संस्थाहरु (संयुक्त राष्ट्रसङ्घ,अन्तर्राष्ट्रिय श्रम संगठन, युनेस्को, विश्व खाध्य संगठन जस्ता संस्थामा डब्लूएफटियूको नेतृत्वकारी भूमिका र प्रतिनिधित्वलाई प्रभावकारी बनाउन आवश्यक छ । यसका लागि रणनीतिक योजना र विश्वव्यापी अभियानलाई शसक्त वनाउन आवश्यक छ । साथै डब्लूएफटियूका विषयगत अन्तर्राष्ट्रिय ट्रेड युनियन (टियुआई) हरुलाई पुनसंरचना गरेर अझै प्रभावकारी बनाउनुपर्छ । नयाँ क्षेत्रहरु जस्तै श्रमजीवी पत्रकारीता क्षेत्र, कानुन व्यवसायी क्षेत्र, कलाकार र सांस्कृतिककर्मी, स्वास्थ्यकर्मी आदि क्षेत्रमा अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर युनियन आन्दोलनलाई सघन बनाउन आवश्यक छ । यसका साथै प्रविधिको माध्यमबाट सघन ढंगबाट गोष्ठी, सेमीनार, तालिमका कार्यक्रम सबै महादेश स्तरमा संचालन गरेर वैचारिक रुपमा अझ शसक्त वनाउन जरुरी छ ।

डब्लूएफटियूको मेरुदण्ड भनेको टियुआइहरु हुन । अतः सबै टियूआईहरुको महादेशीय स्तर र राष्ट्रिय स्तरमा कमिटीहरु बनाएर संगठन संजाललाई विश्व व्यापी रुपमा विस्तार गर्नु पर्दछ । यसका लागि डब्लूएफटियूका गतिविधिलाई हरेक देशका कार्यस्थलहरुमा, राष्ट्रियस्तरमा, क्षेत्रीय स्तर संगठन विस्तार गरेर माग आन्दोलनलाई अगाडि बढाउनुपर्छ । खनिज तथा खानी, यातायात, उर्जा,सार्वजनिक सेवा र प्रशासन, होटल तथा पर्यटन, सेवा निबृत्त तथा पेन्सनर, टेक्टायल,गार्भेन्ट, छाला उधोग क्षेत्रका श्रमिकहरुका ११ वटा अन्तर्राष्ट्रिय ट्रेड युनियन ( टियुआई) हरु रहेका छन भने ५ वटै महादेशमा क्षेत्रीय कमिटी र कार्यालयहरु रहेका छन ।

डब्लूएफटीयुले विश्वव्यापी रूपमा सबै कामदारहरूको कामको अवस्था सुधार गर्न समाजको उत्पादक क्षमताहरूको प्रयोगको लागि दृढतापूर्वक लड्दै आएको छ । श्रमिकको काम र जीवनको अवस्थामा सुधारका लागी कम काम घण्टा, राम्रो ज्याला, स्वास्थ्य सेवाको सार्वजनिक र गुणस्तरीय प्रणालीमा विश्वव्यापी पहुँच, शिक्षा र सामाजिक सुरक्षा, सांस्कृतिक, मानवीय र पर्यावरणीय प्रगतिलाई बढावा दिन आवश्यक हुन्छ । तसर्थ विश्व ट्रेड युनियन महासङ्घका गतिविधि विश्वव्यापी रुपमा अगाडि बढाउन आवश्यक छ । सङ्घर्ष श्रमिकवर्गको अजेय हतियार हो । सङ्घर्ष श्रमिक वर्गको अधिकार हो । सङ्घर्षले मात्रै श्रमिक वर्गको काम र जीवनमा सकारात्मक र परिणाममुखी परिवर्तन ल्याउने छ । अनि मात्रै श्रमिकको काम र जीवनको सम्मानजनक स्वस्थ र सुरक्षित वातावरण सुनिश्चित हुनेछ ।

(लेखक खनाल विश्व ट्रेड युनियन महासङ्घ (डब्लूएफटियू)को प्रेसिडेन्सियल काउन्सिल सदस्य हुन् ।)

वि.सं.२०८२ असोज २५ शनिवार १४:०२ मा प्रकाशित

Himalayan Life AD
जेन्जीको चुनौती :  नवप्रवर्तनमा अवरोध र आयातमुखी बजार

जेन्जीको चुनौती : नवप्रवर्तनमा अवरोध र आयातमुखी बजार

सन् २०१५ देखि २०२५ सम्मको नेपालका नीति र कानुनी संरचनाको...

नेपालमा अदृश्यशक्तिको अर्थराजनीतिक चलखेल

नेपालमा अदृश्यशक्तिको अर्थराजनीतिक चलखेल

अवधारणा एक अमूर्त विचार हो जसले अधिक ठोस सिद्धान्तहरू, विचारहरू...

यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन

यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन

काठमाडौँ  । दसैँ मनाउन काठमाडौँ छाडेर घर जानेहरुको सङ्ख्या अत्यधिक...

काम कुरो एकातिर कुम्लो बोकी कतातिर ? नगरौं है कमरेडहरु !

काम कुरो एकातिर कुम्लो बोकी कतातिर ? नगरौं है कमरेडहरु !

जेन्जी कसरी आयो, २७ घण्टैमा कसरी उथलपुथल भयो, किन देश...

नयॉ परिवेशमा बुद्धिजीवीहरुको भूमिका

नयॉ परिवेशमा बुद्धिजीवीहरुको भूमिका

१.पृष्ठभूमि बौद्धिकता भनेको विद्वानमा हुने गुणवत्ता हो, जसले उच्च स्तरको...

आमा, जेनजी आन्दोलन र हराउँदै गएको बाटो

आमा, जेनजी आन्दोलन र हराउँदै गएको बाटो

“आमा” शब्द आफैंमा स्नेह, करुणा, ममता र सहनशीलताको पर्यायवाची हो।...