back
CTIZAN AD

आजदेखि सर्वोच्चमा रिट दर्ता सुरु, आंशिक रूपमा सेवा सुचारु

वि.सं.२०८२ असोज २८ मंगलवार

621 

shares

काठमाडौं । भदौ २४ गतेदेखि स्थगित भएका सर्वोच्च अदालतका सेवाहरू आजदेखि आंशिक रूपमा सुचारु हुने भएका छन्।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनापछि अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक अन्य सेवा स्थगित गरिएको थियो।

सर्वोच्च अदालतका अनुसार आजदेखि रिट निवेदनहरू दर्ता गर्न सकिने भएको छ। साथै, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरूको दर्ता र सुनुवाइ पनि सुरु हुने बताइएको छ।

तर, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:५५ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...