back
CTIZAN AD

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

वि.सं.२०८२ असोज २८ मंगलवार

903 

shares

 

न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत गर्दै, स्थानीय समुदायका अगुवाहरूले संयुक्त रूपमा निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।

यो कार्यक्रम पर्साउड कम्युनिटी अफेयर्स प्यान्ट्री इन्कको आयोजनामा र दिलकुमारी केसी स्मृति प्रतिष्ठानका अध्यक्ष नवराज केसीको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर, घ्याल्सुम्दो सेवा संस्था अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका र युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (यूकेआरओए, न्यूयोर्क च्याप्टर) लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत ज्याक्सन हाइट्स, न्यूयोर्क (४०–०८, ७६ स्ट्रीट, ज्याक्सन हाइट्स, एनवाई ११३७७) मा दिउँसो ३ः३० देखि ५ः३० बजेसम्म निःशुल्क भोजन वितरण गरिएको थियो ।
सहभागीहरूलाई हेलो फ्रेशका साकाहारी र मासुयुक्त भोजनका साथै ताजा तरकारी र सुख्खा सामग्री वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।

कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष छिरिङ लामा, हेलो अमेरिकाका सम्पादक तथा निर्देशक सम्राट कार्की, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बू र सचिव हरीप्रसाद लिम्बू, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका महासचिव तथा समाजसेवी सूर्य सिम्खडा, साथै युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (यूकेआरओए)का केन्द्रीय उपाध्यक्ष तथा हामी नेपाली ग्लोबलका प्रवक्ता केशब राम राई स्वयंसेवक टोलीसहित उपस्थित रहेका थिए ।

कार्यक्रममा स्वयंसेवकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । आयोजकहरूले समुदायभित्र सहयोग, दया र एकताको भावना फैलाउने उद्देश्यले यस्ता सेवा कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

वि.सं.२०८२ असोज २८ मंगलवार १०:०८ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...