back

सुन तस्करी प्रकरण: पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज

वि.सं.२०८२ असोज २८ मंगलवार

480 

shares

 

काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरामाथि सुन तस्करी प्रकरणमा थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुँदैछ। अदालतले बहसपछि उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छ।

तीन वर्षअघिको प्रकरणमा महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियो। असोज २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।

उनविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गरिएको छ। अभियोजनको दाबी अनुसार महराले विद्युतीय चुरोट (भेप) मार्फत ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

यो बहसको नतिजाले महराको कानुनी अवस्था र आगामी कदम निर्धारण गर्ने छ।

 

 

वि.सं.२०८२ असोज २८ मंगलवार १०:४१ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...