back
CTIZAN AD

मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै

वि.सं.२०८२ असोज २८ मंगलवार

906 

shares

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अघि बढाउने भएका छन्। आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाका अनुसार, गत शुक्रबार मुख्यमन्त्री सिंहले विश्वासको मत लिन चाहेको पत्र सभामा पठाएका थिए। सोही अनुरूप आजको बैठक बोलाइएको हो।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन चर्किँदा सिंहले फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर अन्तरिम सरकार गठन भएपछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए।

उनको दल जनमतले भदौ ३१ गते प्रदेश सभामा मुख्यमन्त्री र मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। संविधानअनुसार, समर्थन फिर्ता भएको ३० दिनभित्र सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

वि.सं.२०८२ असोज २८ मंगलवार १०:५८ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...