back

प्रतिनिधिसभा विघटनविरुद्ध कदम : सभामुख घिमिरे ११ दलसँग आज निर्णायक छलफलमा

वि.सं.२०८२ असोज २९ बुधवार

474 

shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीसँगै सभामुख देवराज घिमिरे आज विभिन्न राजनीतिक दलहरूसँग निर्णायक छलफल गर्दै छन्।

संसद् पुनस्र्थापनाको सम्भावनाबारे साझा धारणा बनाउन सभामुखले बिहान ९ बजे ११ राजनीतिक दलका नेताहरूसँग बैठक बोलाएका हुन्।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीलाई पनि सभामुखले छलफलमा आमन्त्रित गरेका छन्।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने यसपटक छलफलमा बोलाइएको छैन। सभामुखले प्रतिनिधिसभा विघटनअघि रहेका प्रमुख सचेतकहरूलाई पनि सहभागी हुन आग्रह गरेका छन्।

संसद् पुनस्र्थापनाको माग लिएर सभामुख सर्वोच्च अदालतमा जानुपर्छ वा नपर्ने विषयमा आजको छलफलले महत्वपूर्ण दिशा दिने अपेक्षा गरिएको छ।

 

वि.सं.२०८२ असोज २९ बुधवार ०९:१२ मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...