back
CTIZAN AD

पूर्वसभामुख महराविरुद्धको थुनछेक बहस आजदेखि सुरु

वि.सं.२०८२ असोज २९ बुधवार

795 

shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस आजदेखि सुरु हुँदैछ।

हिजो काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान सकिएपछि आजदेखि थुनछेक बहस प्रारम्भ हुने भएको हो।

महरामाथि सन् २०२२ डिसेम्बर (२०७९ पुस १०) मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप छ।

महराले भने उक्त प्रकरणमा आफ्नो कुनै लगानी वा संलग्नता नरहेको स्पष्ट पारेका छन्। तर सरकारी वकिल कार्यालयले उनलाई सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा दोषी ठहर गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी दर्ता गरेको छ।

 

वि.सं.२०८२ असोज २९ बुधवार ०९:०७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...