back
CTIZAN AD

घर फर्काइँदै विपिनको शव : नेपाल ल्याउने प्रक्रिया सुरु

वि.सं.२०८२ असोज २९ बुधवार

1.1K 

shares

काठमाडौं । हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।

मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग परराष्ट्र सचिव अमृत बहादुर राईबीच टेलिफोन वार्ता भएपछि जोशीको शव नेपाल पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

वार्ताका क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेका जोशीको निधन भएको र शवको पहिचान भइसकेको जानकारी दिएका थिए।

हमासले असोज २७ गते रेडक्रस (ICRC) मार्फत विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको थियो। त्यसपछि तेल अविवस्थित फरेन्सिक केन्द्रमा डीएनए परीक्षण गरी शवको औपचारिक पहिचान भएको इजरायलस्थित नेपाल दूतावासले जनाएको छ।

नेपाल सरकारले विगत दुई वर्षदेखि जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तहमा निरन्तर प्रयास गर्दै आएको थियो। तर इजरायल र हमासबीचको युद्धविरामपछि गत अक्टोबर १३ मा भएको भर्चुअल बैठकमा इजरायली अधिकारीहरूले जोशी रिहा हुने बन्दीहरूको सूचीमा नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएका थिए।

 

वि.सं.२०८२ असोज २९ बुधवार ०७:५८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...