back
CTIZAN AD

प्रतिनिधिसभा विघटनविरुद्ध कदम : सभामुख घिमिरे ११ दलसँग आज निर्णायक छलफलमा

वि.सं.२०८२ असोज २९ बुधवार

969 

shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीसँगै सभामुख देवराज घिमिरे आज विभिन्न राजनीतिक दलहरूसँग निर्णायक छलफल गर्दै छन्।

संसद् पुनस्र्थापनाको सम्भावनाबारे साझा धारणा बनाउन सभामुखले बिहान ९ बजे ११ राजनीतिक दलका नेताहरूसँग बैठक बोलाएका हुन्।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीलाई पनि सभामुखले छलफलमा आमन्त्रित गरेका छन्।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने यसपटक छलफलमा बोलाइएको छैन। सभामुखले प्रतिनिधिसभा विघटनअघि रहेका प्रमुख सचेतकहरूलाई पनि सहभागी हुन आग्रह गरेका छन्।

संसद् पुनस्र्थापनाको माग लिएर सभामुख सर्वोच्च अदालतमा जानुपर्छ वा नपर्ने विषयमा आजको छलफलले महत्वपूर्ण दिशा दिने अपेक्षा गरिएको छ।

 

वि.सं.२०८२ असोज २९ बुधवार ०९:१२ मा प्रकाशित

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...