काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदन दर्ता गरेको छ र उक्त रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ।
सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा जम्मा १० वटा रिट निवेदन पेश भएका थिए भने अदालतले तीमध्ये ९ वटा रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। उनले भने, “एकवटा रिटमा केही प्रक्रिया बाँकी रहेकाले दर्ता प्रकृया पूरा हुन बाँकी छ।”
उनका अनुसार दायर भएका रिटहरूको सुनुवाइ सर्वोच्चको संवैधानिक इजलासमा हुने छ र इजलासले सम्बन्धित विषयमा निर्णय प्रक्रियागत रूपमा अघि बढाउने बताइएको छ।
वि.सं.२०८२ असोज २९ बुधवार १९:१९ मा प्रकाशित



























