back
CTIZAN AD

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सुन्धारा कारागारमा

वि.सं.२०८२ असोज २९ बुधवार

1.2K 

shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशसँगै केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सुन तस्करी प्रकरणमा महराको संलग्नता देखिएको ठहर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको हो।

महराले चिनियाँ तस्करले भेप (विद्युतीय चुरोट)मार्फत ल्याएको करिब ९ किलो सुन भन्सारबाट छुटाउन प्रभाव प्रयोग गरेको आरोप लागेको छ। सोही प्रकरणमा उनलाई आइतबार प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरा पनि संलग्न रहेको देखिएको बताएको छ। मुद्दामा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गरिएको छ। उनका छोरा राहुल महरासहित चार जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको थियो।

अघिल्लो पटक अर्को मुद्दामा पक्राउ परेका बेला महरालाई डिल्ली बजार कारागारमा राखिएको थियो। यसपटक भने उनलाई केन्द्रीय कारागार सुन्धारा अन्तर्गत जगन्नाथ देवल खण्डमा पठाइएको छ।

वि.सं.२०८२ असोज २९ बुधवार १९:२८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...