back

लालझाडीमा करिब ३० करोडको सडक कालोपत्र सुरु

वि.सं.२०८२ असोज ३० बिहीवार

261 

shares

कञ्चनपुर । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको करिब ३० करोड रुपैयाँको अनुदानमा सडक स्तरोन्नति कार्य सुरु गरिएको छ ।

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव ६ किलोमिटर सडक कालोपत्र हुने भएको हो । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यसका लागि ठेक्का सम्झौता गत वैशाखमै भएको हो ।

उनी भन्छन्, “सडक कालोपत्र कार्यका लागि डुकुचु–अनक–जोशी जेभीसँग ठेक्का सम्झौता भइसकेको छ, अब केही दिनभित्रै निर्माण सुरु हुन्छ ।”

सडकको पाँच मिटर चौडाइमा कालोपत्र हुनेछ भने नालासहित आठदेखि १० मिटरसम्मको चौडाइ रहनेछ । निर्माण कार्य आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको अध्यक्ष रानाले बताए ।

सडक कालोपत्र भएपछि पूर्वतर्फ सुदूरपश्चिम प्रदेशको सदरमुकाम धनगढी र पश्चिमतर्फ जिल्ला सदरमुकामसम्मको आवागमन सहज हुने गाउँपालिकाको विश्वास छ ।

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार जग्गा समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको छ ।

 

वि.सं.२०८२ असोज ३० बिहीवार ०७:०९ मा प्रकाशित

Himalayan Life AD
दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल...

तालतलैयामा पाहुना चराको चहलपहल

तालतलैयामा पाहुना चराको चहलपहल

कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी...

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक...

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै...

आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ

आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ

काठमाडौं । मन्त्रिपरिषद्मा आज थपिने चार जना मन्त्रीहरूको शपथ साढे...

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी। अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित...