back
CTIZAN AD

आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ

वि.सं.२०८२ कात्तिक ९ आइतवार

537 

shares

काठमाडौं । मन्त्रिपरिषद्मा आज थपिने चार जना मन्त्रीहरूको शपथ साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले पठाएका नाममा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्।

डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार, बब्लु गुप्तालाई युवा तथा खेलकुद र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ। श्रेष्ठलाई पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन तय गरिएको भए पनि अन्तिममा भूमिसुधार मन्त्रालयमा पठाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

डा. शर्मा पूर्व स्वास्थ्य सचिव र स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। गणपतिलाल सम्पदा संरक्षण अभियन्ता हुन् भने खगेन्द्र सुनार दलित अधिकारकर्मी र बब्लु गुप्ता सामाजिक अभियन्ता हुन्। यीमध्ये गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता ‘अनलाइनखबर’ले छनोट गरेको ४० वर्षमुनिका ४० प्रभावशाली युवाको सूचीमा समेत परेका छन्।

वि.सं.२०८२ कात्तिक ९ आइतवार १०:५९ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...