back

कोशी प्रदेश सरकारद्वारा मृत्यु भएका परिवारलाई राहत वितरण

वि.सं.२०८२ असोज ३० बिहीवार

180 

shares

झापा । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरुप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो ।

सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपद्मा परेको जिल्लामा राहत वितरण गरेको उनले बताए ।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा रु चार लाख ५० हजार, भोजपुरमा रु एक लाख, उदयपुरमा रु दुई लाख, खोटाङमा रु एक लाख, झापामा रु दुई लाख ५० हजार र सुनसरीमा रु दुई लाख विपद्मा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिए ।

विपद्मा परी ज्याने गुमाउनेको परिवारलाई रु एक लाख र सोही परिवारको थप सदस्यको मत्ृयु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले थपेर राहत विरण गरिएको उनको भनाइ छ । उनले प्रदेश सरकारले विपद्मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताए ।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए । प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत विरणका लागि थप रु १० लाख जिल्ला प्रशासनमार्फत पठाइएको उनले बताए ।
–––कोशी प्रदेश सरकारद्वारा मृत्यु भएका परिवारलाई राहत वितरण
झापा, ३० असोजः कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरुप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो ।

सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपद्मा परेको जिल्लामा राहत वितरण गरेको उहाँले बताउनुभयो ।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा रु चार लाख ५० हजार, भोजपुरमा रु एक लाख, उदयपुरमा रु दुई लाख, खोटाङमा रु एक लाख, झापामा रु दुई लाख ५० हजार र सुनसरीमा रु दुई लाख विपद्मा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिनुभयो ।

विपद्मा परी ज्याने गुमाउनेको परिवारलाई रु एक लाख र सोही परिवारको थप सदस्यको मत्ृयु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले थपेर राहत विरण गरिएको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले विपद्मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताउनुभयो ।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत विरणका लागि थप रु १० लाख जिल्ला प्रशासनमार्फत पठाइएको उहाँले बताउनुभयो ।

वि.सं.२०८२ असोज ३० बिहीवार १६:१२ मा प्रकाशित

Himalayan Life AD
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको पत्र

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको पत्र

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको...

यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् सुरु

यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् सुरु

पूर्णप्रसाद मिश्र,काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात्...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२...

क्रिकेटः सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

क्रिकेटः सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

गण्डकी । पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको...

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना...