काठमाडाैँ । Samsung Electronics को नेपालस्थित शाखा Samsung Nepal ले नयाँ ग्यालेक्सी S26 सिरिज सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी AI प्रविधिद्वारा सञ्चालित यो सिरिज प्रयोगकर्ताको दैनिक कामलाई अझ सहज र स्मार्ट बनाउने उद्देश्यले विकास गरिएको जनाएको छ।
नयाँ सिरिजअन्तर्गत Samsung Galaxy S26 Ultra, Samsung Galaxy S26+ र Samsung Galaxy S26 मोडेलहरू समावेश छन्। यी मोडेलहरू नेपालमा मार्च ८ देखि मार्च १८, २०२६ सम्म (वा स्टक उपलब्ध नभएसम्म) प्रि-अर्डरका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा MX प्रमुख Pranaya Ratna Sthapit का अनुसार ग्यालेक्सी S26 सिरिज प्रयोगकर्ताको जीवनशैलीअनुसार अनुकूल हुने गरी डिजाइन गरिएको छ। उनका अनुसार एजेन्टिक AI प्रविधिले दैनिक कामहरू सहज रूपमा व्यवस्थापन गर्दै प्रयोगकर्तालाई महत्वपूर्ण काममा केन्द्रित हुन सहयोग पुर्याउँछ।
कम्पनीका अनुसार ग्यालेक्सी S26 अल्ट्रामा उद्योगमै पहिलो पटक इन-बिल्ट Privacy Display राखिएको छ, जसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न मद्दत गर्छ। साथै सुधारिएको चिपसेट र थर्मल म्यानेजमेन्ट प्रणालीले स्लिम डिजाइनमै छिटो र शक्तिशाली AI प्रदर्शन दिने बताइएको छ।
क्यामेरा क्षमतामा पनि उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ। कम उज्यालोमा स्पष्ट फोटो र भिडियो खिच्न Nightography Video, स्थिर भिडियोका लागि Super Steady तथा फराकिलो अपर्चर जस्ता प्रविधि समावेश गरिएको छ।
यसका साथै AI–संचालित फोटो एडिटिङ टुल, Photo Assist, Creative Studio, Private Album तथा Knox Matrix सुरक्षा प्रणाली पनि उपलब्ध गराइएको छ।
नेपालमा ग्यालेक्सी S26 सिरिजको मूल्य मोडेलअनुसार फरक रहेको छ। ग्यालेक्सी S26 अल्ट्राको मूल्य अधिकतम रु. २,९३,९९९ सम्म तोकिएको छ भने S26+ को मूल्य रु. १,८२,९९९ र S26 को मूल्य रु. १,३३,९९९ राखिएको छ।
प्रि-अर्डर गर्ने ग्राहकहरूलाई स्टोरेज अपग्रेड लगायत विशेष अफरहरू उपलब्ध हुनेछन्। साथै कम्पनीले २४ महिनासम्मको EMI सुविधा पनि उपलब्ध गराएको छ, जसलाई Hulas Fin Serve Hire Purchase Ltd. मार्फत सञ्चालन गरिने बताइएको छ।
ग्राहकहरूले पुराना फोन साटेर नयाँ डिभाइस लिन सब्को फोन र आर्कोस्टोर जस्ता ट्रेड-इन पार्टनरहरूबाट पनि सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।
वि.सं.२०८२ फागुन २५ सोमवार १७:०५ मा प्रकाशित






























