back

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ असोज ३१ शुक्रवार

537 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काममा समस्या पर्न सक्छ। व्यावहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा आउने सम्भावना छ। समयको सदुपयोग गर्न नसकिएला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरमा मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव मान्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो श्रमको प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समय प्रतिकूल हुँदा काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल पाइनेछ। बनेको काममा उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। चुनौतीभित्र अवसर खोज्ने समय हो।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट सावधान रहनुहोला। मौकामा प्रयास गर्दा काम बन्नेछ। खर्च बढे पनि सम्पत्ति जोड्ने समय छ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। बाहिरिएको धन फिर्ता आउन मुस्किल पर्ला। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ। विछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरी सुधार्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा अनायासै व्यवधान आउन सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि अपेक्षित फाइदा नपाइने सम्भावना छ। शुभचिन्तकहरूको सुझाव बेवास्ता नगर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। सम्पादित कामको मूल्यांकनले जिम्मेवारी पनि दिलाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि लाभ हुनेछ। आयस्रोत राम्रो हुनाले धन सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्दा पछि परिनेछ। श्रमको मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा हुन समय लाग्नेछ। अरूले कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता केही समस्या आउन सक्छ। बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोज्ने समय हो।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला। परिस्थितिले अलमल्याउन सक्छ, वादविवादमा अघि नसर्नुहोला। आफन्तसँग सम्बन्ध सुमधुर राख्न व्यवहारमा सजग रहनुहोला। प्रयत्न गर्दा काम बन्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
माहोल रमाइलो रहनेछ। चिताएको मूल्य नपाए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिन सक्छ। नियमविपरीत बलजफ्ती गर्ने बानीले समस्या ल्याउन सक्छ। कर्जामार्फत धन जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य काममा सञ्चित रकम खर्च हुन सक्छ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचना सहनुपर्ला। परिस्थिति र सम्बन्ध अनुकूल राख्न व्यवहारमा सजग रहनुहोला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ। मिहिनेतले अप्ठ्यारा परिस्थिति सहज बनाउन सहयोग पुर्याउनेछ।

२०८२ असोज ३१ गते, शुक्रबार, १७ अक्टोबर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ असोज ३१ शुक्रवार ०६:४२ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...