back

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

वि.सं.२०८२ कात्तिक २ आइतवार

240 

shares

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ ।

आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई हरित निर्वाचन (ग्रीन इलेक्सन) समयसापेक्ष हुने भन्दै यसका लागि आग्रह गर्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो ।

गत असोज ३० गते आयोगमा भएको राजनीतिक दलसँगको छलफलमा पनि प्रस्ताव गरिएको थियो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानि पु¥याउने कागज, प्लाष्टिक, इन्धनजस्ता सामग्रीको न्यूनतम् प्रयोग गर्दै डिजिटल, दिगो र प्रदूषणमुक्त माध्यमबाट सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भनेर बुझ्नुपर्ने बताए ।

छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उचित वातावरण बनेमा आफूहरूले निर्वाचनमा भाग लिने र निर्वाचनलाई पर्यावरणमैत्री बनाउने सवालमा सकारात्मक रहेको बताएका थिए ।

आयोगले पर्यावरणमैत्री निर्वाचनका लागि विसं २०७९ को निर्वाचनमा पनि पहल गरेको थियो ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १३:३५ मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...