back
CTIZAN AD

तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित

वि.सं.२०८२ कात्तिक २ आइतवार

732 

shares

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२–१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गरेका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिए । उनले भने, “सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका विषयलाई पालन गरी कर्तव्यमा लाग्न निर्देशन गर्दछु ।” जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले सङ्गठनप्रति इमान्दार हुँदै काम गर्नुपर्ने उनले भने ।

प्रहरीको उपस्थिति र इमानदारिताले मात्र पनि आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीको उपस्थितिलाई निश्चित समयको बसाइभन्दा पनि एक अवसरका रूपमा लिन आग्रह गरे । प्रहरीको कर्म र धर्म नै नागरिकको सेवा हो भन्दै उहाँले देशका दुई हजार ६६० वटा युनिटमार्फत अभिछिन्न सेवा दिँदै आएको प्रहरी समाजका हरेक घटनाको पहिलो जवाफदेही भएकाले सोहीअनुसार काम गर्न उनले आग्रहसमेत गरे ।

दीक्षान्त समारोहमा दीक्षित भएका विसं २०८१ मङ्सिर ७ गतेदेखि तालिममा सहभागी भएका थिए । ५३ जना महिलासहित ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । दीक्षान्त समारोहमा दीक्षित भएका परिवारका सदस्यको उपस्थिति थियो ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १३:४८ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...