back

तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित

वि.सं.२०८२ कात्तिक २ आइतवार

249 

shares

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२–१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गरेका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिए । उनले भने, “सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका विषयलाई पालन गरी कर्तव्यमा लाग्न निर्देशन गर्दछु ।” जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले सङ्गठनप्रति इमान्दार हुँदै काम गर्नुपर्ने उनले भने ।

प्रहरीको उपस्थिति र इमानदारिताले मात्र पनि आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीको उपस्थितिलाई निश्चित समयको बसाइभन्दा पनि एक अवसरका रूपमा लिन आग्रह गरे । प्रहरीको कर्म र धर्म नै नागरिकको सेवा हो भन्दै उहाँले देशका दुई हजार ६६० वटा युनिटमार्फत अभिछिन्न सेवा दिँदै आएको प्रहरी समाजका हरेक घटनाको पहिलो जवाफदेही भएकाले सोहीअनुसार काम गर्न उनले आग्रहसमेत गरे ।

दीक्षान्त समारोहमा दीक्षित भएका विसं २०८१ मङ्सिर ७ गतेदेखि तालिममा सहभागी भएका थिए । ५३ जना महिलासहित ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । दीक्षान्त समारोहमा दीक्षित भएका परिवारका सदस्यको उपस्थिति थियो ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १३:४८ मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...