back

आज सोमवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक ३ सोमवार

477 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य र लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह बढाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा केही बाधा आउनेछन्। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ योजना थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा काम बन्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुहोला। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नेछ र मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। विगतका कमीकमजोरी सुधार गर्ने मौका छ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आइपर्ने समस्याले दौडधुप गराउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले पनि सताउने सम्भावना छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। पेसा–व्यवसायमा होसियारीसाथ लेनदेन गर्नुहोला। समय लागे पनि गरेको काममा आंशिक लाभ हुनेछ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। आकस्मिक यात्रा हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले सजिलै काम बन्नेछ र आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले रकम खर्च गराउन सक्छ। व्यापारमा आंशिक फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ढिलासुस्तीले काम रोकिन सक्छ। दोहोर्याएर प्रयास गर्दा सामान्य फाइदा उठाउन सकिन्छ, तर दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले कामका चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। तर आफ्नैले काममा बाधा पुर्याउन सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सावधान रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुहोला। मिहिनेतको नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्ला। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला। सावधानीले समस्या टार्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले काम रोक्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले वादविवादबाट टाढा रहनुहोला। खर्च लागे पनि सोख र भोगविलासका वस्तु जुटाउने समय छ। प्रयत्न गर्दा देश–विदेश भ्रमण गर्ने अवसर जुर्न सक्छ।

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार ०६:४६ मा प्रकाशित

Himalayan Life AD
लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

जमुना वर्षा शर्मा, पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन...

आजको मौसम: कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

आजको मौसम: कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

    काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन...

गौशालाको माछा बजारमा एक युवकको शव फेला

गौशालाको माछा बजारमा एक युवकको शव फेला

मटिहानी (महोत्तरी) । गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा...

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा...