back
CTIZAN AD

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

वि.सं.२०८२ कात्तिक २ आइतवार

1.9K 

shares

 

पर्वत । साहसिक पर्यटनका लागि परिचित पर्वत जिल्लामा नेपालकै उच्च स्थानमा हाइलाइनको सफल परीक्षण सम्पन्न भएको छ।

जिल्ला सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ र ‘द हार्नेस’ प्रालिको सहकार्यमा सञ्चालन गरिएको बञ्जी पुल र सुपरम्यान शैलीको जिपलाइनलाई जोडेर पर्वतमा पहिलोपटक लामो दूरी र उच्च उचाइमा हाइलाइन अभ्यास गरिएको छ।

कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटर उचाइमा गरिएको परीक्षण सफल भएको ‘द क्लिफ’का अध्यक्ष राजु कार्कीले बताए।

हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको शङ्कर कोइरालाको संयोजनमा यो कार्यक्रम सञ्चालन गरिएको हो। कोइरालाले बताए, “१५ वर्षदेखि युरोपका विभिन्न देशमा हाइलाइन गर्दै आएको अनुभवपछि पर्वतमा पनि कार्यक्रम सम्भव भएको हो।”

कार्यक्रममा कोइरालासहित तीन नेपाली र तीन विदेशी सहभागी रहेका छन्। असोज २९ गतेदेखि सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल स्ल्याकलाइन कम्युनिटी र ‘द क्लिफ’को सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम नेपालकै उच्च उचाइमा गरिएको पहिलो हाइलाइनको रूपमा चिनिएको छ।

कोइरालाले बताए, “हाइलाइन २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सुरक्षा हार्नेस र लिस प्रणालीसहित हिँडिन्छ। सन्तुलनका लागि ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ।”

वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढिरहेको छ। हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए। यसबाहेक यहाँ जिपलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ र र्‍याफ्टिङका गतिविधिले पनि पर्यटकको आकर्षण बढाइरहेका छन्।

 

वि.सं.२०८२ कात्तिक २ आइतवार १७:०४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...