back
CTIZAN AD

बक्यौता नतिर्ने उद्योगको लाइन आजैबाट काटिने

वि.सं.२०८२ कात्तिक २ आइतवार

1.9K 

shares

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेर पनि बक्यौता रकम नतिरेका उद्योगहरूको लाइन आज (आइतबार) काट्ने भएको छ ।

प्राधिकरणले बक्यौता तिर्न दिएको अन्तिम म्याद आज राति सकिँदै छ । कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार म्याद सकिएपछि बक्यौता नबुझाउने उद्योगहरूको जुनसुकै बेला लाइन काटिनेछ । प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता तिर्न समय दिएको थियो, तर हालसम्म केवल ९ उद्योग मात्र सम्पर्कमा आएका छन् ।

बाँकी उद्योगहरूले अटेर गरेका कारण लाइन काट्ने तयारी भएको सिलवालले जानकारी गराएका हुन् । सिलवालका अनुसार , म्याद सकिनासाथ बक्यौता नतिर्ने उद्योगहरूको बिजुली आपूर्ति बन्द हुनेछ । हाल ३१ ठुला उद्योगले बक्यौता रकम नतिरेको प्राधिकरणको भनाइ छ। उद्योगीहरूले प्रमाणबिना रकम तिर्न नसक्ने भन्दै ऊर्जामन्त्री कुलमान घिसिङसँग म्याद थप, २५ प्रतिशत जरिवाना छुट र किस्ता अवधि बढाउन माग गरेका थिए ।

तर, मन्त्री घिसिङले जरिवाना छुट र म्याद थप गर्न नसकिने स्पष्ट पारेका छन् । यो कदमले उद्योगहरूलाई बक्यौता तिर्न दबाब बढ्ने देखिन्छ ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १६:४९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...