back

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार

126 

shares

पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१÷८२ मा सो परिमाणकोे कारोबार भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तलाजात फलफूलको बिक्रीबाट जिल्लाभरका कृषकले उक्त कारोबार गरेका हुन् । जिल्लामा मुख्यतया आलु र सुन्तलाको बढी कारोबार हुने गर्दछ । धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ समेत उत्पादन गरी बिक्री गरिँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको थियो । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ ।

प्रमुख अधिकारीका अनुसार जौ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहनबाली ५२७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले बताए ।

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूहरु गत आर्थिक वर्षमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयल जनाएको छ । आलुबाट गत आर्थिक वर्षमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख र अलैँचीबाट रु एक करोड ८१ लाख रकम भित्रिएको छ । कृषकलाई हरेक कार्यक्रमा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ ।

केन्द्रले गत वर्ष २०३ वटा मिनिपावरटिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, ७०० वटा हिलट्याङ्क र ३६७ मिटर लामो कुलो मर्मतका लागि समेत अनुदान वितरण गरेको प्रमुख अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आर्थिक वर्षका लागि रु पाँच करोड ६४ लाख बजेट विनियोजन भएको छ भने सङ्घ ससर्ततर्फ रु २१ लाख ४३ हजार विनियोजन भएको कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार ११:०५ मा प्रकाशित

Himalayan Life AD
तालतलैयामा पाहुना चराको चहलपहल

तालतलैयामा पाहुना चराको चहलपहल

कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी...

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक...

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै...

आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ

आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ

काठमाडौं । मन्त्रिपरिषद्मा आज थपिने चार जना मन्त्रीहरूको शपथ साढे...

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी। अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित...

आज मन्त्री परिषद् विस्तार हुने, आजै शपथ

आज मन्त्री परिषद् विस्तार हुने, आजै शपथ

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् गर्ने...