back

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

वि.सं.२०८२ कात्तिक ९ आइतवार

216 

shares

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३ जना कैदीबन्दी एकैपटक भागेका थिए। तीमध्ये चार नाबालक पनि रहेका थिए। ठूलो संख्यामा कैदी भागेपछि सुरक्षाको कमजोरीबारे देशभर चासो बढेको थियो।

हालसम्म ५९१ जना कैदीबन्दी कारागारमा फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन्। तर १३९ जना अझै सम्पर्कमा आएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक र दुई बालबालिका पनि रहेको कारागार प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले बताएका छन्।

फरार भएका मध्ये धेरैजसो लागुऔषध कारोबार, जबरजस्ती करणी, र दुर्लभ एकसिङ्गे गैँडा चोरी–सिकारीका मुद्दामा जेलमा रहेका थिए। केही पहिले सम्पर्कमा आएका कैदीहरू पनि पछि सम्पर्कविहीन भएका छन्। यस विषयमा कारागारले सम्बन्धित प्रहरी कार्यालयहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

कारागार प्रशासनले असोज २० गतेसम्म सम्पर्कमा आउन सूचना जारी गरेको थियो। तर तोकिएको समयसम्म नफर्किएकालाई कारागार ऐन २०७९ र अन्य कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी जिम्मेवारी तोकिने चेतावनी दिइएको छ।

हालसम्म फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सबै प्रहरी एकाइमार्फत बाँकी कैदीहरूको खोजी कार्य जारी छ।

 

वि.सं.२०८२ कात्तिक ९ आइतवार १२:४० मा प्रकाशित

Himalayan Life AD
क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान...