back
CTIZAN AD

आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

420 

shares

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन् । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको यी विवरण एवम् प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरु समावेश गरिएका छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपाल सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक छ । यद्यपि, विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैङ्क मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १६:३३ मा प्रकाशित

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

मोरङ । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित...

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

झापा । पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८...

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर...

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय...