back
CTIZAN AD

भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

612 

shares

काठमाडौँ । भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलाप नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्न हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधान खारेज गरिएको छ ।

अध्यागमन विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिजिट भिसामा प्रस्थान गर्ने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, हवाई टिकट र घोषणाको कागजात पेस गरेमा प्रस्थान अनुमति दिने सहज प्रावधानसम्बन्धी मन्त्रिस्तरीय निर्णय भएको जानकारी दिइयो ।

सो अवसरमा वितरित विज्ञप्तिमा भनिएको छ, “भिजिट भिसामा रहने यात्रुले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अनअराइभल’ प्रवेशाज्ञा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनको आवश्यक कागजात साथमा रहेको तथा सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने स्वः घोषणा गरे पुग्नेछ ।”

हाल कार्यान्वयनमा रहेको ६ बुँदै मापदण्ड पुनरावलोकन गर्न समेत सिफारिस गरिएको छ । अध्यागमन र उक्त भिसाबारे देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले समेत संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न तथा स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्नुपर्ने सुझाव प्रस्तुत गरेको थियो ।

विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ “यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकाले सबै नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्णरुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ ।”

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाटसमेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण तथा सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ । विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन् ।

भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनका लागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास हुँदैआएको विभागले जनाएको छ । भजिट भिसामा जान नागरिकलाई हैरानी र अनियमितताका कारक बनेका गुनासा कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमन प्रशासनले सोही विन्दुबाट नै सुधारका काम निरन्तर अगाडि बढाइरहेको विषय विभागले स्पष्ट गरेको छ ।

अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाई विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १६:१२ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...