back
CTIZAN AD

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

वि.सं.२०८२ कात्तिक २० बिहीवार

564 

shares

म्याग्दी । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ ।

समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ ।

पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए ।

“गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।”

ताराखोला गाउँपालिकाको २० लाख बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो ।

स्थानीयले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब तीन लाख सङ्कलन भएको थियो ।

गण्डकी प्रदेश सरकारको ७५ लाख र तालाखोला गाउँपालिकाको १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

यसैगरी, मङ्गला गाउँपालिका–५ देउरालीदेखि तिनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

समुद्र सतहबाट दुई हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

वि.सं.२०८२ कात्तिक २० बिहीवार ११:४३ मा प्रकाशित

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...