back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक २३ आइतवार

873 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईँको आत्मविश्वास बढ्नेछ। नयाँ योजना सुरु गर्नका लागि शुभ समय छ। पारिवारिक जिम्मेवारी बढे पनि मनमा सन्तोष हुनेछ। अध्ययन वा प्रतियोगितामा राम्रो प्रगति देखिनेछ। मित्र वा आफन्तसँगको भेटले खुसी ल्याउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आर्थिक पक्ष बलियो बन्नेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। दाम्पत्य सम्बन्धमा मिठास आउनेछ। स्वास्थ्यमा सानो सुधार हुनेछ। दिउँसोपछि केही नयाँ अवसर प्राप्त हुन सक्छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै महत्वपूर्ण निर्णय लिनुपरेमा बिहानको समय उपयुक्त छ। पारिवारिक सहयोग मिल्नेछ। नयाँ ठाउँको भ्रमण वा भेटघाटको सम्भावना छ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान्य खर्च बढ्ने सम्भावना छ तर आर्थिक लाभ पनि प्राप्त हुनेछ। सामाजिक काममा संलग्न हुन सक्नुहुन्छ। आफन्तसँगको व्यवहारमा धैर्य राख्नुहोस्। स्वास्थ्य सामान्य रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सर्जनात्मक कार्यमा रुचि बढ्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। घर परिवारमा खुसी छाउनेछ। आर्थिक लाभको अवसर आउनेछ। आत्मबलमा वृद्धि हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज पारिवारिक समर्थनले नयाँ काममा उत्साह थप्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार आउन सक्छ। प्रेम र सम्बन्धमा आत्मीयता बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नो बोलीले अरूलाई आकर्षित गर्न सक्नुहुन्छ। कार्य क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन उत्साहजनक छ। कार्यमा सहजता रहनेछ। परिवारमा खुसी छाउनेछ। आर्थिक लाभ हुने सम्भावना छ। प्रेम सम्बन्धमा समझदारी बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आफ्नो प्रयासले राम्रो नतिजा पाउने दिन हो। नयाँ योजनामा लगानी गर्न मन लाग्न सक्छ। साथी वा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज भाग्यले साथ दिनेछ। पारिवारिक खुसी प्राप्त हुनेछ। आर्थिक लाभ हुनेछ। कार्यक्षेत्रमा सम्मान बढ्ने सम्भावना छ। मानसिक शान्ति प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मबल बढ्नेछ। अरूको सल्लाह र समर्थनले कार्यमा सहजता ल्याउनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना छ। प्रेममा मिठास बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज यात्राबाट लाभ प्राप्त हुनेछ। पुराना योजना कार्यान्वयन हुनेछन्। आत्मबल र आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। कार्यमा सकारात्मक परिणाम आउन सक्छ।

२०८२ कात्तिक २३ गते, आइतबार, ९ नोभेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ कात्तिक २३ आइतवार ०७:०१ मा प्रकाशित

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...