back
CTIZAN AD

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

वि.सं.२०८२ कात्तिक २२ शनिवार

912 

shares

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो । त्यसपछि उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए । केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ ।

वि.सं.२०८२ कात्तिक २२ शनिवार १५:०६ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...